Category:

शैक्षिकसत्र २०७९ को अन्तिम परीक्षाको नतिजा प्रकाशन

April 13th, 2023 by

कक्षोन्नती भएका सम्पुर्ण विद्यार्थीहरुलाइ हार्दिक बधाई तथा सम्पुर्ण सरोकारवाला आदरणीय व्यक्तित्वहरुमा नवबर्ष २०८० को मंगलमय शुभकामना व्यक्त गर्दछौं ।२०८०-०१-०३ गते देखि विद्यालयमा शैक्षिकसत्र शुरु हुने व्यहोरासमेत अवगत गराउदछौं ।

परीक्षाको नतिजा तलको पेजमा प्रकाशन गरिएको जानकारी गराउदछौं

आफ्नो नतिजा हेर्नुहोस् 

बिद्यार्थीहरुलाई औजार बक्स र झोला वितरण कार्यक्रम

April 4th, 2023 by

मधेस प्रदेश ,सामाजिक बिकास मन्त्रालय , शिक्षा बिकास निर्देशनालय , जनकपुरबाट प्राप्त औजार बक्स र झोला कक्षा ९ का विद्यार्थीलाई वितरण समारोह ।

निबन्धलेखन प्रतियोगितामा उत्कृष्ट छात्र धर्मेन्द्र महरा

April 4th, 2023 by

हार्दिक बधाई !

हाम्रा मेधावी छात्र धर्मेन्द्र महरा (कक्षा ९) ले सगुन बचत तथा ऋण सहकारी संस्थाद्वारा ६६ औं सहकारी दिवसमा आयोजित म मेरो परिवार , समाज र सहकारी शिर्षकमा निबन्धलेखन प्रतियोगितामा उत्कृष्ट भइ विद्यालयको गरिमा उच्च बनाउने अति प्रसंशनिय कार्य गरेकोमा हार्दिक बधाई दिन चाहन्छौं ।यस कार्यलाई सफल बनाउन सहयोग गर्नुहुने कविकुमार सुवेदी र कृष्ण पोखरेल सरहरुप्रती आभार!

शिक्षक, शिक्षिकालाई आधारभूत डिजिटल तालिम

April 2nd, 2023 by

सर्लाहीको बागमती नगरपालिकाले नगर भित्रका सबै सामुदायिक विद्यालयका शिक्षक,शिक्षिकाहरुलाई आधारभूत डिजिटल तालिम दिन सुरु गरेको छ । नगरपालिका भित्र रहेको सबै सामुदायिक विद्यालयहरुका शिक्षक तथा शिक्षिकाहरुलाई सोमबारबाट १० दिने आधारभूत डिजिटल तालिम दिन सुरु गरिएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार अहिलेको शिक्षा प्रविधिमैत्री भएकाले नगर भित्रको शिक्षालाई पनि डिजिटल र प्रविधि मैत्री बनाउन सोमबारबाट दश दिने आधारभूत डिजिटल साक्षरता कक्षा संचालन सुरु गरिएको हो ।

वार्षिक परीक्षा सकेर बिदाको समयमा नयाँ शैक्षिक सत्रका लागि योजना निर्माण गर्ने, आवश्यक पेशागत तालिम लिने,नेतृत्व क्षमताको विकास गर्ने लगायतका गतिविधिका साथै प्रविधि तर्फ शिक्षालाई जोड्न १० दिने आधारभूत डिजिटल तालिम दिन सुरु गरिएको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भएर आएका नगर प्रमुख भरत कुमार थापाले पहिलो कार्यकालमै बागमती नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शिक्षामा सुधार गर्न नगरपालिका भित्रका विद्यालयहरुलाई व्यावसायीक,बालमैत्री र प्रविधि मैत्री बनाउन जोड दिएका छन् ।

दोस्रो कार्यकाल पनि दोहोर्याएका नगर प्रमुख थापाले नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको स्तर कसरी उकास्न सकिन्छ,भन्ने योजना बनाएर लागि परेका नगर शिक्षा शाखाले जनाएको छ ।जसका लागि नगर प्रमुख थापाले सरकारी सेवा सुविधा लिएका सरकारी कर्माचारीहरुका छोराछोरी सामुलायिक विद्यालयमा नै पढाउनु पर्नेमा जोड दिएका छन् ।

Recent Posts

Categories