
Category:
आन्तरीक मूल्यांकन तथा दोस्रो त्रैमासिक परीक्षाको परीक्षा तालिका सम्बन्धमा
December 23rd, 2025 by जनता मा वि सोल्टीजाडो बिदा सम्बन्धि सुचना
December 23rd, 2025 by जनता मा वि सोल्टीआदरणीय अभिभावक, विद्यार्थी तथा सरोकारवाला ज्यूहरु
विषय:- जाडो विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा तराई-मधेश क्षेत्रमा विगत केही दिनदेखि निरन्तर शीतलहर तथा अत्यधिक चिसोका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको अवस्था सर्वविदितै छ । यस किसिमको प्रतिकूल मौसमका कारण विद्यालय जाने बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै उनीहरुको नियमित पठनपाठनमा समेत प्रत्यक्ष प्रभाव परिरहेक छ।
अतः विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा तथा समग्र हितलाई मध्यनजर गर्दै वर्षे विदाबाट कट्टा हुने गरी पालिकास्तरिय निर्णय अनुसार भोली मिति २०८२/९/९ गते एक दिन जाडो बिदा दिने निर्णय भएको , १० गते कृषमस पर्व बिदा तथा ११ गते विद्यालयको वार्षिक क्यालेण्डरमा बर्षे सट्टा बिदा भएको हुदा मिति२०८२-०९-१३ गते आइतबार देखि विद्यालय समयमा नियमित पठनपाठन हुने व्यहोरा अनुरोध छ।विहानी सत्रका अतिरिक्त कक्षा हरु समेत आइतबारदेखिनै संचालित हुने जानकारी गराइन्छ।

