मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८२/०८/१६ गतेको निर्णयानुसार मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती ( माघ पूर्णिमा) को अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप आउँदो माघ पूर्णिमाका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सोही बमोजिम मिति २०८२/१०/१८ गते आइतवार सार्वजनिक बिदा रहने भनि सुचना जारि भएकोले यस विद्यालयको पठनपाठन पनि बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Category:
आइतबार विद्यालय बिदा रहने सम्बन्धि सुचना !
January 30th, 2026 by जनता मा वि सोल्टीवैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने बारेको सूचना
November 15th, 2025 by जनता मा वि सोल्टी
वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने बारेको सूचना
श्रम स्वीकृति लिई वैदेशिक रोजगारकमा गई तोकिएको अवधि भित्र मृत्यु, अंगभंग वा विरामी भई कल्याणकारी कोषवाट शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसुची (१) वमोजिमको ढाँचामा २०८२ साल कार्तिक मसान्तभित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. विद्यार्थीले निवेदन पेश गर्ने निकाय: २०८२ कार्तिक मसान्तभित्र आफु अध्ययनरत विद्यालयमा कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा विद्यार्थीको स्थायी ठेगाना अन्यत्र भए पनि नाता प्रमाणित लगायत वडा कार्यालयबाट गर्नुपर्ने कागजात आफ्नो स्थानीय तहबाट बनाई अध्ययनरत विद्यालयमा छात्रवृत्तिको निवेदन पेश गर्नुपर्ने ।
अ) पहिले देखिने छात्रवृत्ति पाईरहरेका छात्र / छात्राहरुले पेश गर्नु पर्ने कागजातः
क) अनुसुची १ वमोजिमको ढाँचामा निवेदन,
ख) कामदारको राहदानीको प्रतिलिलपि,
ग) अध्ययन गरीरहेको कक्षा खुल्ने विद्यालयको सिफारिस,
घ) आफ्नो वा अभिभावकको चालु अवस्थामा रहेको बैंक खाता ( चेकको प्रतिलिपि) ।
आ) आ. व. २०८२ / ०८३ मा पहिलो पटक छात्रवृत्ति प्राप्त गर्ने छात्र / छात्राहरुले पेश गर्नु पर्ने कागजातः
क) अनुसूची १ वमोजिमको ढाँचामा निवेदन,
ख) कामदारको राहदानीको प्रतिलिलपि,
ग) अध्ययन गरिरहेको कक्षा खुल्ने विद्यालयको सिफारिस,
घ) जन्मदर्ताको प्रतिलिपि,
(ङ) अभिभावकको नागरिकताको प्रतिलिपि,
च) कामदार, अभिभावक र विद्यार्थीको नाता खुल्ने नाता प्रमाण पत्रको प्रतिलिपि,
छ) आफ्नो वा अभिभावकको चालु अवस्थामा रहेको बैंक खाता ( चेकको प्रतिलिपि) ।
२. छात्रवृत्ति प्राप्त गर्ने लक्षित वर्ग:
श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीको सिलशिलामा मृत्यु वा अंगभंग वा विरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत (१००%) आर्थिक सहायता लिएका कामदारका छोरा/छोरी,
( शतप्रतिशत आर्थिक सहायता भन्नाले २०६५/७/१८ देखि २०६८/२/१९ सम्म रु. १ लाख, २०६८/२/२० देखि २०७१ / ६ / ३० सम्म रु १ लाख ५० हजार, २०७१ / ६ / ३१ देखि २०७४/४/१५ सम्म रू.३ लाख, २०७४ /४ / १६ देखि २०८१/०७/०७ गते सम्म रु ७ लाख र २०८२/०८/०८ गते देखि निवेदन दिने अन्तिम मिति सम्म रु. १० लाख प्राप्त गरेको हुनुपर्ने ।मृत्यु वा अंगभंग भएको तर आर्थिक सहायता / क्षतिपूर्ति वापत पूर्ण रकम प्राप्त नगरेका लाभग्राहीलाई यो छात्रवृत्ति प्राप्त नहुने) ।
नेपालको जुनसुकै सामुदायिक एवं संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरह देखि कक्षा १२ सम्म) का १८ वर्ष मुनिका बालवालिकाहरूले मात्र निवेदन दिन सक्नेछन् ।
● मिति २०८२ असोज मसान्तसम्म उपरोक्त अनुसारको आर्थिक सहायता प्राप्त गर्ने कामदारका बालवालिकालाई मात्र शैक्षिक शत्र २०८२ को छात्रवृत्ति उपलब्ध गराइनेछ ।
३. छात्रवृत्तिको रकमको सीमा:
वार्षिक रूपमा आधारभूत तहमा अध्ययनरतका लागि रु. १२,०००। (बाइ हजार) र माध्यमिक तहका लागि रू. १६,००० (सोह्र हजार) प्रदान गरिने छ ।
एक जना विद्यार्थीलाई एउटा कक्षामा १ पटकका लागि मात्र वार्षिक रूपमा एकमुष्ट छात्रवृत्ति रकम सीधै बैंक खाता मार्फत उपलब्ध गराइनेछ । एउटा कामदारका जति संख्यामा योग्यता पुगेका सन्तती भए पनि सहायता उपलब्ध हुनेछ ।
नोट: थप जानकारीका लागी श्रम कल सेन्टरको निःशुल्क सम्पर्क नम्बर ११४१ मा सम्पर्क गर्न सकिनेछ ।


