शिक्षक आवश्यकता – तह : मा. वि. तृतीय
श्री जनता मा. वि. सोल्टी बजार
उपर्युक्त सम्बन्धमा बागमती नगरपालिका शिक्षा शाखाको मिति २०७९/१२/३० गतेको च.नं २५८ को प्राप्त अनुमति पत्रानुसार यस बिद्यालयमा कार्यरत नगर स्वयम् सेवक शिक्षक श्री राजकुमारी महतोले स्याङ्गजामा प्रा.वि. तह तृतीय श्रेणी स्थाई पदमा पदस्थापना हुनु भएकोले सो रिक्त पदमा मा.वि. तहमा स्थानीय तह बाट प्राप्त अनुदान स्रोत बाट तलब भत्ता खाने गरि खुल्ला प्रतिस्पर्धा बाट शिक्षक पदपूर्ति गर्नु पर्ने भएकोले तपसिल अनुसारको योग्यता पुगेका नेपाली नागरिक हरुलाई आवश्यक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित आवेदन दिन आव्हान गरिन्छ । रित नपुगेको निबेदन स्वीकार गरिने छैन।
तपसिल :
१ ) बिज्ञापन न – ०३ । २०७९ / ०८०
तह : मा वि तृतीय (स्थानीय तह बाट प्राप्त अनुदान )
न्युनतम शैक्षिक योग्यता : अंग्रेजी बिषयमा कम्तिमा स्नातक उतिर्ण
२ ) पद संख्या : १
३) उमेर : १८ वर्ष पुरा भई ४० बर्ष ननाघेको
४) आवेदन दस्तुर : १५००
५ ) तलब स्केल : स्थानीय तहले निकासा गरे बमोजिम
६ ) निबेदन दिने अन्तिम म्याद : २०७९ / १२ / ३० देखि २०८० / ०१ / १४ गते सम्म (बिद्यालय समय भित्र )
७) छनौट प्रक्रिया : लिखित परीक्षा , कक्षा अबलोकन र अन्तरबार्ता
८ ) सम्पर्क मिति : २०८० / ०१ / १५ गते शुक्रबार
९) परीक्षा मिति सम्पर्क मितिमा जानकारी गराइनेछ
१० ) आवश्यक कागजातहरु :
– दरखास्त / निवेदन आफैले लेख्नु पर्ने
– शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
– नेपाली नागरिकताको प्रतिलिपि १ प्रति
११) अन्तर्वार्ताको दिन सक्कल प्रमाणपत्र लिएर आउनु पर्ने छ।
१२) मन्टेश्वरी तालिम प्राप्त लाइ बिशेष प्राथमिकता दिइने छ।
१३) सम्पर्क नम्बर : ९८५४०३५६५० (प्र अ ), ९८१५८४१३७५ (लेखापाल)
हाम्रो वेबसाइट मार्फत दरखास्त दिन सक्नु हुनेछ |
दस्तुरको लागि : eSewa ID: 9844046492 मा बुझाउन सकिने छ |